नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नं. ४ वडा कार्यालयमा कार्यरत महिला वडा सचिव शशी कुमारी प्रजापतिको कामप्रति वडावासी सन्तुष्ट रहेका छन् । हरेक कामको सिलसिलमा वडा कार्यालय पुगेका वडावासीको काम कानुनले दिए बमोजिम सहजताका साथ सहजै गर्ने भएको हुनाले वडावासीहरु वडा सचिवको कामप्रति सन्तुष्ट रहेका छन् । कोहलपुर नगरपालिका वडा नं. १२ घर भै हाल वडा मै सचिवको भुमिका निर्वाह गर्दै आएका वडा सचिव प्रजापतिकोहलपुर नगरपालिका वडा नं. ४ वडा कार्यालयमा सेवा गर्न पाउँदा खुसी रहेको बताउनुहुन्छ । २०४७ साल ६ महिना १८ गते कन्चनपुरमा जन्म भई प्रजापति हाल बाँके जिल्लामा बस्दै आउनुभएको छ ।
२०७० साल ९ महिना ३ गते सरकारी जागिरमा प्रवेश गरेका सचिव प्रजापति सकेजति आफ्नै वडावासीलाई सहजता प्रदान गर्न कोशिस गरिरहेको छु अहिलेसम्म कुनै किसिमको बाधा अड्चन आएको छैन उहाँले भन्नुभयो । काम गर्ने शिलशिलामा कहिले काही गल्ती हुन सक्छ तर मबाट अहिलेसम्म यस वडामा स्थानियवासीलाई दिने सेवा सुविधा उपलव्ध भएकै छ उहाँले भन्नुभयो । वडाअध्यक्ष लगायत अन्य जनप्रतिनिधि, कर्मचारी सवै मिलनसार छन् उहाँले भन्नुभयो, काम गर्ने वातावरण नै सबैजनाको एकता साथ सहयोग अपरिहार्य हुन जरुरी छ त्यसैले वडावासीहरु पनि हामीबाट सन्तुष्ट छन उहाँले बताउनुभयो ।
वडाबाट पाउने सेवा सुविधा अनुसार अहिलेसम्म वडावासीले पाउने सम्पुर्ण सेवा प्रदान गरि रहेका छौं । वडाबाट पाउने सेवा सुविधाबारे वडावासीको मन दुखाउने ठाउँ राखेका छैनौं उहाँले भन्नुभयो । जनप्रतिनिधि, वडावासी, स्थानिय राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवी लगायतको सल्लाह बमोजिम हरेक गतिविधि भैरहेको छ उहाँले भन्नुभयो ।
सानैदेखि घरको पुर्खाले देखाएको बाटो हिड्नुपर्ने हाम्रो घरमा चलन जस्तै थियो । सोही अनुरुप घरका सम्पुर्णपरिवार बुवाआमाले देखाएको बाटो तय गरेर अगाडी बढेका थिए र सोही बमोजिम हुदै पनि गयो मैले पनि त्यही अनुरुप पढाईमा ध्यान दिए घरपरिवारको साथ पाए र सरकारी जागिर खान सफल भए उहाँले भन्नुभयो ।
घरपरिवारको सल्लाह बमोजिम अहिलेसम्म साथ सपोर्ट रहेको छ त्यसैले पनि घरमा बस्दा होस् या पढ्ने क्रममा होस कुनै किसिमको बाधा अड्चन आएन् । जागिरको पहिलो पोष्टिङ बझाङबाट सुरुवात गरेका प्रजापति काममा इमान्दारिता कायम गर्नुभएको छ । उहाँको कामप्रति वडावासी हर्षित छन् ।