नेपालगन्ज : बाँकेमा ६३. ४६% प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।
बाँके जिल्लामा सम्पन्न निर्वाचनमा कुल २ लाख २२ हजार ३ सय ६६ मत खसेको हो। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम विवरणअनुसार महिला मतदाता १ लाख १५ हजार ४५९, पुरुष १ लाख ६ हजार ९०४ तथा अन्य ३ जना ले मतदान गरेका छन्।
क्षेत्रगत रूपमा हेर्दा क्षेत्र नम्बर १ मा ७५ हजार १९९ मत खसेको छ। यसमध्ये महिला ४० हजार ३१३, पुरुष ३४ हजार ८८५ र अन्य १ जना रहेका छन्।
त्यस्तै क्षेत्र नम्बर २ मा ७२ हजार ६०९ मत खसेको छ। यहाँ महिला ३४ हजार ६३०, पुरुष ३७ हजार ९७८ र अन्य १ जना रहेका छन्।
यस्तै क्षेत्र नम्बर ३ मा ७४ हजार ५५८ मत खसेको छ। यस क्षेत्रमा महिला ४० हजार ५१६, पुरुष ३४ हजार ४१ र अन्य १ जना रहेका छन्।
बाँकेमा खस्यो २ लाख २२ हजार ३ सय ६६ मत
