नेपालगञ्ज मेयर कप क्रिकेटस् नेपालगञ्ज च्याम्प्स ८५ रनले विजयी

नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालन भइरहेको नेपालगञ्ज मेयर कप ९पुरुष० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा नेपालगञ्ज च्याम्प्स ले जयबागेश्वरी स्पोर्ट्स क्लब लाई ८५ रनले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालगञ्ज च्याम्प्सले निर्धारित ओभरमा १४९ रन बनायो। टोलीका लागि समशुदिन अन्सारी ले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा ८१ रन बनाए। त्यस्तै नास्ता अन्सार ले २२ बलमा ३१ रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। अन्य खेलाडीमध्ये आकाश बिष्टा ले १७ रन बनाए भने जानु कसगार १२ रनमा अविजित रहे। टोलीले अतिरिक्ततर्फ २६ रन प्राप्त गरेको थियो।
१५० रनको लक्ष्य पछ्याएको जयबागेश्वरी स्पोर्ट्स क्लब भने दबाबमा पर्दै ९४ रनमै अलआउट भयो। टोलीका लागि मुकेश राधा ले सर्वाधिक ३३ बलमा ४६ रन बनाए भने सुजन डीसी ले १२ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।
नेपालगञ्ज च्याम्प्सका बलरमध्ये नासिर अन्सारी ले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा २३ रन दिएर ४ विकेट लिए। त्यसैगरी माबुल रत र साज्जात खान ले समान २–२ विकेट लिए भने आकाश बिष्टा ले १ विकेट हात पारे।
उत्कृष्ट प्रदर्शन गरेका समशुदिन अन्सारी लाई खेलको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो।
खेलमा अम्पायरको भूमिकामा शामु खान र अतुल गुप्ता रहेका थिए। नेरी थापा ले स्कोररको जिम्मेवारी सम्हालेका थिए भने विक्रम श्रेष्ठ खेलका म्याच रेफ्री रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *