३ महिने ग्रास रूट फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालगन्ज : ३ महिने ग्रास रूट फुटवल प्रशिक्षण कार्यक्रम आजदेखी नेपालगन्जमा भैरहेको छ । बुद्व युवा क्लबको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा ३ महिने ग्रास रूट फुटबल प्रशिक्षण कार्यक्रम आज भैरहेको हो । शनिवार नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरूद्दिन राईले उक्त प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै भन्नुभयो खेल जगतले देशको नाम राष्ट्रिय स्तरमै चिनाउन सफल भएको छ । खेलकुदले आफुलाई स्वास्थ त बनाउछ नै त्यसको साथ साथै देशको नाम पनि राष्ट्रिय अन्तर्राष्ट्रियमा चिनाउने गर्ने भएको हुनाले खेलकुदलाई निरन्तरता दिन आवश्यक रहेको उहाँले भन्नुभयो । ३ महिने खेलको मुख्य प्रशिक्षक तथा संयोजक भिमजंग शाह र प्रशिक्षकमा जनक केसी रहनु भएको थियो । खेलको अनुगमन उपमेयर कमरूद्दिन राई, बसन्त कनोडिया र कानुनी सल्लाहकारले गरेका थिए । ३ महिने ग्रास रूट फुटबल प्रतियोगिताको संचालन बुद्व युवा क्लवका सचिव अमित केसीले गर्नुभएको थियो । यस्तै प्रतियोगिता प्रशिक्षणले २ जना महिला खेलाडी अन्तर प्रदेश स्तरिय खेलमा छनोट भएका छन भने एक जना पुरूष खेलाडी एन्फामा छनोट हुन सफल भएका छन् । यस्तै समापन समारोहमा खेल सामाग्री सहित ९२ जना खेलाडीलाई खेल पोषाक वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *