काठमाडौँ : अर्थमन्त्रीमाथि छानबिन गर्न गठित संसदीय समितिले अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकारसँग सोधपुछ गरेको छ । बिहीबार सिंहदरबारमा बसिएको बैठकमा उहाँहरुलाई बोलाएर समितिले सोधपुछ गरेको हो ।
समितिका सदस्यहरुले पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग करिब साढे दुई घन्टा कुराकानी गरेका थिए । समितीद्धारा सोधिएको प्रश्नमा पत्रकारद्वय काफ्ले र थापा दुवैले आफूहरु समाचारको विश्वसनीयतामा निर्धक्क रहेको भन्दै उहाँहरुले समाचारको स्रोत नखोल्ने बताँइएकोे छ ।
“हामी आफ्नो समाचार स्रोतप्रति पूर्ण विश्वस्त छौं । तर, पत्रकारिताको मान्यता अनुसार हामीले आफ्नो स्रोतलाई जोगाउनुपर्छ । त्यसैले स्रोत खोल्न असमर्थ छौं’, पत्रकारद्वयको भनाइ थियो ।”
समितिका सदस्यहरुले पत्रकारद्वयलाई समाचारको स्रोत खोल्न थप दबाब भने नदिएको स्रोतले जनाएको छ । समितिका सदस्यहरुले पत्रकारद्वयलाइ आफूले गलत समाचार लेखेको महसुस भएको छ कि छैन भनेर प्रश्न गर्दा पत्रकारहरुले त्यस्तो महसुस नगरेको बताएका हुन् ।
“समाचार स्रोतप्रति पूर्ण विश्वस्त छौ” : पत्रकारद्वय काफ्ले र थापा
