सोनाहा जातिको पेशा संकटमा

नेपालगन्ज : बर्दिया गेरुवा गाउपालिका ६ ,मनाउका ५१ बर्षिय दुखराम सोनहा १५ बर्षको उमेर देखि माछा मार्दे आउनु भएको छ । त्यहि माछाबाट उनको घर चल्थ्यौ । गेरुवा नदीधार परिवर्तन गरेर चिसापानी देखि कर्णालीनदीमा मिसिएपछि अहिले मनाउका ४० घरपरिवारलाई जिबिको चलाउन धौं धौं भएको छ । “ज्यालामजदुरी गरेर अहिले परिवार पलिरहेका छौं । जग्गाको नाममा एक का जग्गा छ । दुखराले भने,बालबच्चलाई पढाउन पनिनिकै समस्या छ ।’
गेरुवानदीमा बर्खोको समयमा पानी आउछ,त्यातिबेलामात्रै माछा मर्ने गरेको उनले सुनाए । बर्दिया,नदीमा माछा मर्ने, सुन चाल्ने सोनाहाजातिको पुर्खेली पेशाहो । अहिले सोनाहाहरुको उक्त पेशा संकटमा परेको छ । नदीमा सोनाहाभन्दा गैर सोनहाजातिले बढी माछा मार्दा उनीहरुको पेशा संकटमा परेको छ। भने बर्दिया राष्ट्रिय निकुञ्जले बिगत देढ दशक देखि निकुञ्ज क्षेत्र भित्र पर्ने कर्णालीनदीमा माछा मार्ने र बगरमा सुन चाल्नमा रोक लगाए संगै उनीहरुको पेशा थप संकटमा परेको हो ।
२०६५ सालदेखि चिसापानीको केही तलाबाट धार परिवर्तन गरेर पश्चिम कर्णालीनदीमा मिसिएपछि मनाउका सोनहालाई पुर्खेउली पेशा माछा मारेर, सुन चालेर जिबिको पार्जन गर्न निकै समस्याभएको हो ।
दुखरामजस्तै गेरुवा २ राजिपुरका घुमलाल सोनहाको पेशापनि सङ्कटमा छ । घुमलालको मुख्य पेशा सुन चाल्ने र माछा मार्ने हो । कर्णालीनदीमा सुन चाल्न र माछा मारेर जीविकाचलाउँदै आएका घुमलाल अब यो पेशाबाट जीवनधान्न नसक्ने अवस्थामापुगेको बताए ।उनले भने, हामीले त जेनटेन पुर्खेली पेशाअंगाल्दै आएका छौ तर नयाँ पढेलेखेकायुवाहरु पेशा परिवर्तन गरिरहेकाछन् ।’ उनले भने,“मेरो राजिपुरमादुई टोल छ । करिब ४० घर परिवारको बसोबास छ । दुई दर्जन युवाहरु पेशा परिवर्तन गर्ने सोचमा छन् । अहिले तीयुवाहरुलाई न माछा मार्न आउछ न त सुन नै चाल्न,”अहिले तीयुवाहरु स्वादेश र भारतमा ज्याल मजदुरी गर्ने गरेको बताए ।
नदीको बालुवाचालेर फेला पर्ने सुनले गुजारा चलाउँदै आएका घुमलालले नदीको जलस्तर घट्दै गएकाकारण सुन भेटिन छाडेको बताए । बिहानदेखि साँझसम्मै नदीमा पसेर बालुवाचालेपनिअचेल नदीमा सुन भेटिन्न । बालुवामा सुन खोज्दाआफ्ना सबै नङ खिइने र हातखुट्टासमेत पाक्ने गरेको उनले बताए । जति नै दुःख गरे पनि परिवार पाल्ननसकिने भइयो, त्यसैले यो पेशा छोड्नुको विकल्प छैन उनले भने ।
दुखराम र घुमलाल जस्तै बर्दियाको कर्णालीनदिको तल्लो तटीय क्षेत्रमा बस्ने सबै सोनाहा समुदायको पेशायत्तिखेर सङ्कटमा छ । नेपालभर गरी करिब दुई हजार मात्र जनसंख्या रहेको सोनाहा समुदायको पेशा सङ्कटमा पर्दै गइरहे पनि यस विषयमा कसैको चासो जान सकेको देखिदैन । सुन चालेर र माछा मारेर जीविकाचलाउँदै आएको यो समुदायको बसोबास खासगरी कञ्चनपुर कैलाली र बर्दिया लगायतपश्चिम तराईमा छ । सोनाहाको उद्गमथलो चाहिं बर्दिया स्थित कर्णालीनदिको तल्लो तटीय क्षेत्र नै हो । जीवननिर्वाह गर्ने पुर्खेउली पेशा नै सङ्कटमा पर्दै गएसँगै यहा“का सोनाहाहरू यतिखेर आफनो पेशाबदल्ने सोचमा छन् । कर्णालीनदी र यसमा आधारित स्रोतहरू घट्नु र यीस्रोतहरूमा अन्य समुदायको पकट तथा सरकारी संयन्त्रको नियन्त्रणका कारण उनीहरूको पेशा सङ्कटमा परेको हो ।
नेपालको लोपोन्मुखजाती मध्येको अति सङ्कटापन्न जाती सोनाहाहो । थारु समुदाय जस्तो देखिने भएपनि आफ्नै भाषा, संस्कृति, रहनसहनमा रहेका सोनाहहरु यत्तिखेर गाँस–बाससँगै आफ्नो पहिचानको लडाइँ लड्दै आइरहेका छन् । नेपालसोनाहा समाजका अध्यक्ष रामबहादुर सोनहा, सोनाहाजातीको पेशा पछिल्लो समय सङ्कटमा परेको बताए ।
‘सोनाहाजातीले गर्ने पेशा गैर सोनाहाले गर्न सिकेपछि हामी पछि परेका छौ , सोनाहापुग्ननसक्ने ठाँउहरुमा गैर सोनाहाजातीहरू पुग्छन् । उनीहरूको जनसंख्या धेरै भएकाले उनीहरू छिटो र धेरै ठाउँमा पुग्न सक्नछन् । फेरी उनीहरू बम ब्लास्ट गर्छन् करेन्ट लगाउछन्, अनिविषादीको प्रयोग गर्छन् तर हामीत्यसो गर्दैनौ । हाम्रो माछा मार्नेतरिका विशुद्ध जाल खेल्ने हुन्छ । बम ब्लाष्ट गर्ने, करेन्ट लगाउन र विषादीप्रयोग गर्नुहाम्रो धर्मले दिँदैन । त्यसैले हाम्रो पेशा सङ्कटमा परेको छ । हामीले हाते जाल, चौढीजाल र डंङ्गबाट बल्छी थपेर माछा मार्ने गरका छौ, उनले भने ।
बर्दिया राजीपुरकाभागी सोनहाका अनुसार, गैर सोनाहाहरुले खेल्ने गरेको चौरी जालकाकारण माछाहरूको उठीवास लगाएको दाबी गर्छन् । सोनाहाले भने,‘चौरी जाल धेरै गहिराइ सम्मपुग्ने भएकाले माछाहरू जुन ठाउँमा बस्नु पाउनु पर्ने हो, सो ठाउँमा बस्न पाउँदैनन् र जुन ठाउँमा खेल्न पाउनु पर्ने हो, सो ठाउँमा खेल्न नपाउनले माछाहरू भारततर्फ पलाएनभएका हुन ।’ माछाहरूको बस्ने घर अन्य समुदायका मान्छेले प्रयोग गर्ने चौरी जालले भत्काइदिँदा माछाहरू भागेको र नदीमा माछा पाइन छोडेको उनको भनाई छ ।
माछा मार्ने पेशामात्रहोइन सोनाहाको सुन चाल्ने पेशापनि सङ्कटमा परेको युवाअगुवा बालकृष्ण सोनाहाको भनाई छ । बालुवाचालेर सुन खोज्ने र माछा मार्ने एवम् डुङ्गा चलाउने परम्परागत पेसामा सामुदायिक वन र बर्दिया राष्ट्रिय निकुञ्जले रोक लगाएपछि उनीहरूको सदियौँ देखि चलिआएको परम्परागत पेसा सङ्कटमा परेको उनले बताए ।
सोनाहा लोपोन्मुख जाती भएर सर्वोच्च अदालतले २०७२ मङ्सिर १९ गते नै सोनाहाजातिलाई सूचीकृतको लागिपरमादेश दिएको भएपनि सूचीकृत नहु“दा राज्यबाट पाउने सुविधाबाट वञ्चितहुनु परेको नेपाल सोनहा समाजकाअध्यक्ष रामबहादुर सोनाहाले बताए । “चुनाव आउदा नेताहरु भोट माग्न आउछन्, मलाई भोट दिनु तपाईहरुको समास्याबारे म संसदमा कुरा उठाउछु भन्छन् ,तर जितेर गैसकेपछि आफुहरुको समास्याभुल्ने गरेको,जसकारण आफुहरुको माग पुरान भएको उनले गुनासो गरे ।”लोपोन्मुख जाती भएर पनि नेपालको जातीय सूचीमान परेको कुरालाइ बेलाबेलामा उठाउँदा २०७२ सालमा सर्वोच्चले परमादेश जारी गरे पनि मन्त्रि परिषदमा गुमनाम भएको छ, यस्का लागी सबैलाई सरोकार र सहयोगीनिकायलाई पहल गरिदिनु प¥यो उनले बताए ।
सोनाहाका यी दुवै पुर्खौली पेशा सङ्कटमा परेपछि केही परिवारले भने, वैकल्पिक पेशा रोज्न थालेका छन् ।
सोनहाहरु गिटी बालुवा चाल्ने, कपाल काट्ने काम गरेका छन् । सोनाहाहरु राजापुर १ मुगौवामा थारु तथा सोनाहा होमस्टे पनि संञ्चालनमा ल्याएका छन् । उनीहरू आयआर्जनको भरपर्दो स्रोतका रुपमा वैकल्पिक पेशा अँगाल्न तयार छन् तर पुर्खौली पेशा चटक्कै छाड्दा आफ्नो पहिचान हराउने हो किभन्ने चिन्ता छ । यसका लागि सोनाहाका अगुवाहरू अग्रसर हुन थालेका छन् । गेरुवाका दुखाराम सोनाहा पुर्खोली पेशाबाट गुजारा गर्न समस्या भएपछि आफुले कपाल काट्ने पेशाअगाल्नु परेको बताए । ‘बाच्नै मुस्किल भएपछि पुर्खोली पेशा भनेर बसिरहन सकिदो रैनछ, मन त अहिले पनि खोलामै जाउँजाउ भन्छ, तर के गर्नु खोलामा न माछा पाइन्छ, न मरेर खोजेको सुनले पेट पाल्नै पुग्छ’ उनले भने । सोनाहाहरुको पुर्खेउली पेशा नदी तथा खोलामा सुन चाल्ने र माछा मार्ने हो । सोनाहाको पहिचान नै खोला तथा नदी हो । उनीहरूले पानीमै हुर्कन सिके अनि पानी मै बाच्न सिके नदीखोला र यहाँको जैविक विविधता कै एक अभिन्न अङ्ग भएर बसेको राजसोनाहाको भनाई रहेको छ । आफूले आफ्नो आमाबुवास“ग हि“ड्दै डुल्दै माछा मार्न सिके अब छोरोले नि यसरी नै सिक्लाभनेर पिठ्युँमै छोरा बोकेर माछा मार्ने गरेको उनको भनाई रहेको छ ।
सोनाहाका अगुवाहरू यस्ता सिपजोगाई राख्न अग्रसर भएका छन् । यसका लागि अहिले देखिएका समस्या हटाउन चाहिँ जरुरी छ । सोनाहाहरूले अभ्यास गर्दै आएका यस्ता सिपदिगो अनि प्रभावकारी छन् । परम्परागत यी सिपहरू वैज्ञानिक पनि छन् । परम्परा र संस्कृतिका लागि साथै जैविक विविधता प्रकृति अनि सिङ्गो पृथ्वीकै लागि पनि यस्ता सिपहरूको संरक्षण र संवर्द्धन गर्न जरुरी छ ।
सोनाहाजातिको बसोबास बर्दियाको राजापुर र गेरुवामा छ । भने कैलाली र कञ्जनपुर जिल्लामा पनि उनीहरुको बसोबास छ । बर्दियाको राजापुर र गेरुवामा करिब ७ सय २९ जना सोनाहाको बसोबास रहेको छ । बर्दिया, कैलाली र कञ्चनपुरमा करिब १२ सय सोनाहाहरुको जनसंख्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *