मिडिया हाउसको आर्थिक संकट : एक पछि एक मिडिया धरासय बन्दै

नेपालगन्ज : राज्यको चौथो अंग भनिने मिडिया क्षेत्र संकटग्रस्त बन्दै जाँदा यो मुद्दा खासै कसैको सरोकारको विषय बन्न सकेको छैन यो यथार्थ कुरा सबैसामु जगजायर नै छ । मिडिया संकटको विषयमा न सरकारलाई चासो छ, न राजनीतिक दल, न त नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकार न त विभिन्न दलसंग आवद्ध भएका संघ संगठन नै देखिन्छ । एकपछि अर्को मिडियाहरू एकाएक बन्द भएका छन बन्द नभएका तर बन्द हुने मिडिया पनि ठुप्रै छन् । बाँकेमा केही बर्ष पहिले मिडियाको हव नै मानिन्थ्यो । नेपालको ठुला शहर मध्य एक नेपालगन्ज पनि हो जहाँ मिडियाको भुमिकाले देश नै हाल्लाउने खालका यहाँ मिडिया हाउस रहेका थिए अहिले उनिहरु सब विलय भएका छन् भन्दा फरक नपर्ला । २०७५ सालतिर नेपालगन्जमा दैनिक पत्रिका १८ वटा, रेडियो, १३ वटा र स्थानिय टेलिभिजन ४ वटा प्रशारणमा थिए । अहिले सुन्दा र देख्दा उनिहरुको हालत खस्किसकेको अवस्था छ । राष्ट्रिय स्तरका पत्रिकार जस्तै कान्तिपुर, नागरिक, गोरखापत्र, अन्नपुर्ण पत्रिका नेपालगन्जबाट प्रकाशित हुन्थ्ये अहिले काठमाण्डौंबाट त्यसमा पनि अंक घटाएर छापिरहेको अवस्था छ । स्थानिय दैनिक नेपालगन्ज, कालपृष्ठ, मिसन टुडे, बुटवल टुडे, युगवोध, नेपाली एक्सप्रेस, नेपालगन्ज खबरी, प्रभात घोषणा, नेपालगन्ज टाइम्स, सगरमाथा गन्तव्य दैनिक, पिपल बोट, हाम्रो समाचार, मध्यपश्चिम दैनिक, मध्यपश्चिम सन्देश दैनिक, हाम्रो संरचना, सदभाव, बाँके पोष्ट, समाचार रेखा, ग्लोबल टाइम्स, समय अधिकार, लगायतका दैनिक पत्रिका बाँकेबाटै प्रकाशित हुन्थ्ये अहिले ४÷५ वटा बाहेक अरुको अवस्था गुज्रिसकेको छ । पहिले पेज समेत थपेर निस्कने पत्रिकार अहिले बन्द अवस्थामा पुगेका छन् मिडियाका मालिक व्यवसाथ तथा विदेश पलायन भएका छन तर मिडियाको विषयमा बोल्दिने कसले । अंक र विस्तारित भएर उचाइमा पुगेका मिडियाहरूको अवस्था पनि संकटग्रस्त नै छ । सयौं श्रमजीवी पत्रकार पेसाबाट पलायन भएका छन् । नेपालगन्जको एकमात्र दैनिक पत्रिका जसले नेपालगन्जका ठुला ठुला मिडियामा अवद्ध गराउन र धेरै पत्रकार उत्पादन गर्ने नेपालगन्ज कै पहिलो दैनिक पत्रिका हो नेपाली एक्सप्रेस दैनिक । नेपालगन्ज कै चिनारीको रुपमा मानिने नेपाली एक्सप्रेस पत्रिकाबाट उत्पादन भएका पत्रकार अहिले राष्ट्रिय मिडियाका सम्पादक भएका छन भने धेरैले आफ्नै मिडिया हाउस चलाएर बसनेका छन् । कम्प्युटरको जमाना नहुदै दैनिक पत्रिका चलायमान बनाउने सम्पादक थिए शिव डोटेल, केही समय रेडियो नेपालका एक मात्र आवाज विहिनहरुको आवाज रहेका पत्रकार डोटेल घटना र बिचारका संयोजक थिए । पत्रकार डोटेलले उत्पादन गरेका पत्रकार नेपालगन्ज मै नामी भएका छन् । नेपाल पत्रकार महासंघमा अध्यक्ष समेत बनिसकेका छन् । उहाँले गरेका तथा प्रशिक्षण दिएका पत्रकार राज्यबाट संचालित मिडिया हाउसमा काम गरिरहेका छन् ।
मिडियाको अवस्था र आयश्रोतले गर्दा कलम चलाउने श्रमजीवी संचारकर्मीहरुनै बिदेशिन बाध्य छन् र अझै कैयौंले त्यही नियति भोग्नुपर्ने अवस्था यथावत् छ । तैपनि, यो मुद्दा सम्बन्धित पत्रकार अथवा सम्बन्धित संस्था बाहेक अरू कसैको चासोमा परेको देखिँदैन । बरु, मिडिया समुदायको अधोगतिको रमिता हेर्दै कतिपय किनारामा बसेर ‘काखी बजाउन’ उद्यत छन ।
सूचना प्रविधिको अभूतपूर्व विकाससँगै विश्वमै मिडिया क्षेत्रले नयाँ आयाम पक्डियो । नेपाल पनि त्यसको प्रवाहमा बग्नु अस्वाभाविक होइन । तर, एकातिर बजार संकुचित हुँदै जाने र स्थापित मिडियासमेत संकटमा पर्ने अनि अर्कातिर अपारदर्शी रूपमा ‘न्यु मिडिया’ खुल्ने प्रवृत्ति बढ्नु विरोधाभासपूर्ण झैं लाग्छ । यो अवस्थाले एउटा वस्तुनिष्ठ बहसको माग गर्छ ।
नेपाली मिडिया क्षेत्र लोकतान्त्रिक प्रणाली फस्टाउनुको महत्वपूर्ण मानक हो÷मानिन्थ्यो । आज त्यही मिडिया क्षेत्र एक थरी भीडको आँखाको कसिङ्गर बनेको छ । के नेपाली मिडियालक्षित आक्रोश र आवेगहरू न्यायसंगत छन ? यो क्षेत्रले भोगिरहेको संकट कति यसका आफ्नै कमीकमजोरीले सृजित भएका हुन ? कति प्रविधिमा आएको विकासका कारण प्रभावित भएका हुन ? र, कति आवेग–आग्रहपूर्ण र सतही सोचबाट प्रेरित भएर गरिएका प्रतिक्रियाहरूका उपज हुन  ? यी केही प्रश्नमाथिको विमर्शमा यो विश्लेषण केन्द्रित रहनेछ ।
सुरु, मिडियाको आर्थिक संकटको सन्दर्भमा ।
अहिले मिडिया क्षेत्रले भोगिरहेको आर्थिक संकट विश्वव्यापी प्रवृत्तिसँग सन्दर्भित छ । कोरोना महामारीसँगै विश्वभर मिडियाहरू आर्थिक रूपमा प्रभावित हुन थाले । महामारीका कारण समग्र अर्थतन्त्र शिथिल हुँदा विज्ञापन बजार स्वाट्टै घटेपछि मिडिया क्षेत्र प्रभावित हुन थालेको हो । कोरोनाकालमा सुरु भएको मिडिया संकट दिनानुदिन बढ्दै छ । आर्थिक संकटका आरण एक पछि एक गर्दै टेलिभिजन, रेडियो र पत्रपपित्रकाका मिडिया हाउस बन्द हुदै गएका छन् ।
‘न्यु मिडिया’ को आगमनले उसै पनि प्रिन्ट पत्रकारिता प्रभावित हुँदै थियो, छ, त्यसमाथि कोरोना महामारीले संकट थपिदियो । नेपाली मिडिया जगत् पनि यी सबै घटनाक्रमबाट अछुतो रहन सकेन । श्रमजीवी पत्रकारहरूको रोजगारी गुम्नेदेखि विभिन्न मिडिया ‘आउटलेट’ हरू बन्द हुनेसम्मका घटना महामारीकै क्रममा भए । महामारीको केही समयपश्चात् तंग्रिन थालेको मिडिया क्षेत्र फेरि आर्थिक मन्दीको चपेटामा परेको छ । यो संकटपूर्ण अवस्थाले एकातिर श्रमजीवी पत्रकारहरूलाई असुरक्षित र भयभीत बनाएको छ भने अर्कातर्फ मिडिया उद्यमीहरूलाई वर्षौं लगाएर कमाएको साख र संस्था जोगाउने चुनौती थपिदिएको छ  । अर्को तिर दिनानु न्यु अनलाईल पोर्टलका थपिदै गएका छन् ।
आर्थिक संकटले नेपाली मिडिया जति त्राहिमाम् भएको छ, त्योभन्दा चिन्ताको विषय हो— यसप्रतिको विश्वसनीयताको प्रश्न । चिन्ता किन पनि भने, मिडिया कम विश्वसनीय हुनु भनेको थप कमजोर हुनु हो र त्यस्तो अवस्थामा नागरिकका हक–अधिकार कुण्ठित हुने मात्रै होइन, विस्तारित ‘पब्लिक स्फेयर’ संकुचित हुने जोखिम पनि बढ्छ । २०४६ सालपछिको खुला राजनीतिक परिवेशसँगै नेपाली मिडिया क्षेत्रको विकास र विस्तारले ‘सार्वजनिक विश्वसनीयताको’ दायरा फराकिलो बनाउँदै लगेको छ । मिडियाप्रतिको विश्वासको संकट बढ्दा त्यो ‘सार्वजनिक विश्वसनीयताका’ साँघुरिँदै लोकतान्त्रिक मूल्य पद्धतिमै आँच आउन सक्छ ।
तर, के नेपाली मिडिया सामाजिक सञ्जालहरूमा गरिने टिप्पणीहरूजस्तै अविश्वसनीय भइसकेको हो ? के जनमत निर्माणमा महत्वपूर्ण मानिएको मिडियाको भूमिका अब कमजोर भएकै हो ? सम्पूर्ण मिडिया÷मिडियाकर्मीलाई एउटै डालोमा हालेर मानमर्दन गर्नु कति न्यायोचित हो  ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *